गोथाने "माझी दाई" G Thapa Nepali
Thursday, March 25, 2021
Thursday, August 16, 2018
गजल
दोधारमा छु म ती काँडा हुन कि फूल हुन
या जता पाक्छ काफल गेडी उतै नाँच्ने हुल हुन ।
हर कदममा साथ अनि हर बातमा सही थाप्ने,
अहिले किन तिनै लाग्छन् मुटु छेड्ने शुल हुन ।
लक्ष्य उस्तै, बाटो उही, एउटै थियो गन्तब्य,
फेरि किन यस्तो भ्रम ती तगारो कि पुल हुन ।
बैगुनीलाई गुनले मार्ने धोको थियोे यो मनमा,
बुझ्नै गाह्राे तिनलाई कतै बैगुनका ती मूल हुन ।
जे जे खाएँ, हिंडे, गरें आजसम्म मैले,
अरुलाई के दोषौं खै ती मेरा आफ्नै भूल हुन ।

Monday, July 30, 2018
Saturday, March 10, 2018
गजल
गजल
**********************
सम्झिए नि टाढा छु भेट्न सक्दिन बिर्सिए नि तिम्रो याद मेट्न सक्दिन | छरपस्ट छन सपना भताभुङ्ग छ जिन्दगी तर सपनाको घाँटी आफैं रेट्न सक्दिन | जिन्दगीको गाडी घसृदै छ जसोतसो तर सधैं सधैं यसरी नै घचेट्न सक्दिन | जे पाएँ यही दुनियाँमा नै पाएँ भनेर तर आफूमुखी दुनियाको लागि मरिमेट्न सक्दिन | घडी पला गर्दै घर्कदैछ यो समय तर त्यो बैंश अनि यो उमेरलाई अचेट्न सक्दिन |
(श्री राष्ट्रिय पुस्तकालय केराबारीको स्वर्ण महोत्सवको अवसरमा पहिलो दिन २०७४ फागुन २४ गतेको कार्यक्रमा केही परिमार्जनका साथ वाचन गरिएको कविता)

Friday, March 27, 2015
Subscribe to:
Posts (Atom)