गजल
दोधारमा छु म ती काँडा हुन कि फूल हुन
या जता पाक्छ काफल गेडी उतै नाँच्ने हुल हुन ।
हर कदममा साथ अनि हर बातमा सही थाप्ने,
अहिले किन तिनै लाग्छन् मुटु छेड्ने शुल हुन ।
लक्ष्य उस्तै, बाटो उही, एउटै थियो गन्तब्य,
फेरि किन यस्तो भ्रम ती तगारो कि पुल हुन ।
बैगुनीलाई गुनले मार्ने धोको थियोे यो मनमा,
बुझ्नै गाह्राे तिनलाई कतै बैगुनका ती मूल हुन ।
जे जे खाएँ, हिंडे, गरें आजसम्म मैले,
अरुलाई के दोषौं खै ती मेरा आफ्नै भूल हुन ।