Monday, August 26, 2013
फर्की आउँदैछु
देशको लाग्छ माया
तिम्रो लाग्छ माया
सबको लाग्छ माया
नत्र यतै रेगिस्तानमा मायालु लुकाइ दिन्थे काया
।२।
बाँच्न पैसा चाहियो
अनि खाडी आइयो
सबलाई माया लाइयो
शुखदु:ख खाइयो
एकान्तमा गम्दैछु मायालु के के पाइयो के के गुमाइयो
।२।
ठुलै सपना साँचियो
खुशी भई नाँचियो
कहिले मन भाँचियो
आफ्नो पराई जाँचियो
कहिले काँही एकान्तमा मायालु रुंदै बाँचियो ।२।
दिनदिन ड्युटी धाउँदैछु
महिनाबारी पाउँदैछु
दिलोज्यान लाउँदैछु
नुनको गुन गाउँदैछु
पर्खि बस मायालु म त फर्की आउँदैछु ।२।
११
मार्च २०१३
अल
हिलाल, कतार
Saturday, August 24, 2013
गैर आवासिय नेपाली संघलाई साझा नेपाली संस्था बनाउने चूनौती र अवसर
एनआरएनएको सन्दर्भमा चर्चा गर्दा चार वर्ष अगाडिको एउटा सानो घटनाको सम्झना गर्न मन लाग्छ मलाई । कुरा २००९ को यस्तै जुन जुलाई तिरकै हुँदो हो । म २००७ को शुरुवात मै दोहा छिरेको भए पनि कसैबाट आग्रह नआएको अर्थात माध्यम नपाएको कारण म त्यसै चुपचापै बसेको थिएँ । २००९ ताका मलाई पनि एनआरएनए सदस्य बन्ने रहर जाग्यो र स्वतः स्फुर्त रुपमा हातमा बिबरण भरिएको फारम, गोजीमा १०१ कतारी रियल, २ थान फोटो सहित मनमा उमंग बोकेर हानिए जैदा पार्क तिर । तर जैदा पार्क पुगे पछि त्यहाँको दृश्यले मलाई यसरी तान्यो र तत्क्षण मै यसरी विच्क्यायो कि करिब १० मिनेट पनि राम्ररी नबिताई म त्यो ठाउँबाट आफ्नो कोठा तर्पैm फर्किएं । जैदा पार्कमा फारम कहाँ बुझाउने भनेर यसो चारै तिर नजर दौडाउँदै गर्दा मैले के देखें भने मान्छेहरु करिव दुई–तीन बटा अलग अलग झुण्डमा विभाजित भएर भरिएका फारमहरु पल्टाउँदै यो हाम्रो यो अर्काको यो खै कस्को भनेर फारमलाई २–३ भागमा छुट्याउँदै छन् । छेउछाउमा बसेकाहरु उभिएकाहरु हो वा हैन भनेर अनि आफ्ना विचारहरु दिएर छनौट प्रक्रृयामा सघाउदै छन् । ती झुण्डहरु मध्ये न कुनै मेरो झुण्ड थियो न कुनै झुण्डमा मिसिने मेरो मनसायका लिएर नै म त्यहाँ आएको थिएँ । म त अन्य सबै कुराहरुबाट अलग मात्र जिविकोपार्जनका लागि मुग्लान पसेका सम्पूर्ण नेपालीहरुको साझा संस्थाको गौरवशाली सदस्य बन्ने उत्कण्ठ अभिलाषका साथ त्यहाँ पुगेको थिएँ तर त्यो दृश्य देखे पछि मेरो अभिलाषा अभिष्ठ मात्र सावित भयो र त्यो साल मेरो एनआरएनए सदस्य बन्ने सपना त्यतिकै तुहिएर गयो । शुरुका केही दिन त म आपूm मात्र कत्ति न स्वाभिमानी भई टोपल्नु परेको होला भनेर आपैmदेखि अलिक दिक्क नलागेको पनि हैन तर केही दिन साताहरु बित्दै जाँदा मेरै जस्तो अनुभव र अनुभूति संगाल्ने धेरै साथीहरु भेटे पछि भने म पनि ठिकै रहेछु भन्ने लागेर आत्मा सन्तुष्टिी मिल्यो ।
प्रसंग चार साल अगाडिको भएता पनि परिस्थिती र माहोल अहिले पनि करिव करिव उस्तै रुपमा मेल खाने किसिमको देखिन्छ । कतारमा कार्यरत चार लाख नेपालीका केन्द्रिय र साझा संस्था हुने गौरव बोक्नु पर्ने एनआरएनए किन यसरी गुटबन्दीको केन्द्र भयो भनेर कसैलाई चासो र चिन्ता भयो कि भएन तर यो छुद्र प्राणीलाई चाही त्यो सवै कुरा पाच्य र स्विकार्य भएन । यस बीचमा यो संस्थालाई व्यवहार मै साझा संस्था बनाउनु पर्छ भनेर कसैले सोच्यो कि सोचेन, कसैले पहल ग¥यो कि गरेन ? अब कसैले यस बारे सोच्ने र पहल कदमी लिने काम गर्ला कि नगर्ला ? बितेका ती चार वर्षहरु मेरो मनमा यस्ता जिज्ञांसाहरु पटक पटक उब्जी रहे तर कतैबाट यस बारेमा ठोस रुपमा केही भए गरेको सुन्न देख्न भने पाइएको छैन । तर मैले र अरुहरु धेरैले प्रत्यक्ष महसुस गरेको एउटा कुरा चाँही के हो भने अधिवेशन र निर्वाचनको ताका जे जस्तो गुटबन्दी र झेली खेलहरु भएता पनि निर्वाचित भै सके पश्चात भने एनआरएनएको काम कार्यवाहीको शैली तुलनात्मक रुपमा सकारात्मक नै पाइएको छ । अबको जल्दोबल्दो सवाल भनेको एनआरएनएलाई शुरुवाती अवस्थादेखि नै बोली र व्यवहार दुबैमा कसरी सबैको साझा बनाउने भन्ने नै हो ।
समस्या कहाँबाट शुरु हुन्छ ?
माथि उल्लेख गरिए जस्तै अधिवेशन ताका निर्वाचनमा जस्तो सुकै घम्साघम्सी पर्ने गरेको भएता पनि त्यो बेलाको रंग र धङ्गधङ्गीलाई थाती राखेर एनआरएनए टिमले एक ढिक्का भई कार्य सम्पादन गर्ने गरेको अनुभूति गर्न सकिन्छ तथापी नेपालीहरुको उल्लेखनिय हिस्साको प्रतिनिधित्व गर्ने केही समूहहरुले एनआरएनएप्रति अपन्त्व बोध गर्न त परै जावोस् असहयोग गर्ने गरेको अनुभव पनि हामीसँग छ । उक्त समूहमा पराजित भए पछि विरोध र असयोग गर्नै पर्ने विद्यमान नेपाली मानसिकता र प्रवृतिले मात्र काम गरेको हो भनेर कसैले भन्ने हो भने त्यसो भन्नेहरुको सोचलाई पनि पूर्वाग्रही र उनीहरुको मूल्याङ्कनलाई एक तर्पिm भनेर भन्दा पनि फरक पर्दैन । सुक्ष्म विश्लेषण गर्दा एउटा गतिलो कारण यो पनि हुन सक्ला तर सम्पूर्ण र एक मात्र कारण भने यो हुँदै हैन । त्यसैले यो समस्या कहाँबाट शुरु हुन्छ त भनेर गम्भीर अनि पूर्वाग्रहरहित भएर भित्रि पत्रहरु खोतल्दै जाँदा अन्य धेरै कारणह सतहमा आउन सक्लान तर मूख्य रुपमा महाधिवेशन र चुनावबाट मात्र हैन जुन दिनदेखि यसको लागि माहौल गरम हुन्छ र अस्वस्थ्य घम्साघम्सी शुरु हुन्छ त्यही दिनदेखि असहयोग र अपन्त्व बोधको अभावको श्रृंखला शुरु हुन्छ, महाधिवेशनदेखि त यो उत्कर्षमा पुग्ने र त्यस पछिका दिनहरुमा अझ झाँगिने मात्र हो । घुमेर अर्को अधिवेशन आउँदासम्म यो छाँट्नै कठिन हुने गरी झाँगिई सकेको हुन्छ ।
कसरी बनाउन सकिन्छ त एनआरएनएलाई सबैको साझा ?
हठ त्याग
हठ त्याग नै हरेक समस्याको समाधान हो । हठको दबदबा र त्यागको अभावमा हामी गैर आवासिय नेपालीहरुका संघ संस्थाहरु मात्र हैन कि हाम्रो सिङ्गो देश नै समस्यामा भुँमरीमा फसेको कुरा हामी सामु दिनको घाम झैं छर्लङ्ग छ । समस्याको कारक पनि पद, कुर्सी मोह र मेरो गोरुको बाह्रै टक्का अर्थात हठी प्रवृति नै हो । सहमती भन्ने कति मीठो शब्द पनि कुरामा सधैंको सुगा रटाई तर व्यवहारमा पिट्टिक्कै पालना नहुनाले हामी नेपालीहरुका लागि अत्यन्तै झर्को लाग्दो कर्कश आवाज भएको छ । केही पाउन पक्कै केही त्याग गर्नै पर्ने हुन्छ । त्यसैले यी घटनाहरुबाट पाठ सिकेर हामीले आ–आफ्नो हठ त्यागेर व्यवहारिक र लचिलो बन्नै पर्छ । हठ त्याग बिना सहमतीको कल्पना गर्नै सकिदैन ।
सह–अस्तित्वको सिद्धान्तको पालना
जबसम्म हामी आपूm मात्र ठीक, जहाँ पनि आपूm र आफ्नो समूहको उपस्थिती हुनै पर्ने, आपूm र आफ्नो समूहको उपस्थिती विनाको संघ संस्था आदिको परिकल्पना गर्दैनौ विवाद त्यहीबाट जन्मिन्छ, हुर्किन्छ र हटाउन घटाउन नसक्ने गरी झ्याँगिन्छ । हामीले अर्काबाट सम्मान पाउन र अरुबाट हाम्रो अस्तित्व र उपिस्थिती स्विकार गराउन पहिले आपूmले अरुको अस्तित्व र उपस्थिती स्विकार गर्नु अनिवार्य छ । पारस्परिक सम्मान र सह अस्तित्वको सिद्धान्त स्विकार्नु सहमतीको पहिलो तर अनिवार्य शर्त हो ।
टोपी, जुत्ता र कोट बाहिरै खोलेर मात्र एनआरएनए रुपी घरमा प्रवेश गर्ने
प्रायः हामी सबैको कुनै न कुनै बैचारिक लाईन होला, विभिन्न खाले संघ संस्थामा संलग्नता, आबद्धता होला, आपसी प्रतिस्पर्धा पनि होलान अनि ती प्रतिस्पर्धा सँगसँगै साना ठूला बैमनश्यताहरु पनि जन्मिएका होलान् । तर एनआरएनएको फोरम भनेको ती सबै तिक्तता पोख्ने, बैमनस्यताको बदला लिने ठाउँ हैन । यसर्थ यी सबै कुराहरुलाई तिक्तताहरुलाई एक ठाउँमा थन्क्याएर यस भित्र हामी मात्र नेपाली हौं भन्ने भावन लिएर अर्थात यस किसिमको विचार, प्रतिस्पर्धा, बैमनश्यता रुपी टोपी, जुत्ता र कोट बाहिरै खोलेर एनआरएनए नामक हाम्रो साझा घरमा प्रवेश ग¥यौं अनि यो घरबाट निस्के पछि मात्र यी कुराहरु पुनः लगाउने ग¥यौं भने मात्र हामीमा विवादरहितता, निश्पक्षता छ भन्ने भान सबैमा पर्न जान्छ र त्यसले आपसी विश्वास बढाउने र अविश्वासको दुरी घटाउने अनि हामीसँगै संस्थाको छवि पनि उजिल्याउने काम गर्छ ।
हाम्रो मान्छे हैन राम्रो मान्छेलाई बढावा
एनआरएनमा अगुवाई गर्न अग्रसर हुनेहरुको हामी आपूmसँगको व्यक्तिगत तथा संस्थागत संलग्नता, सम्बन्ध एवं सामिप्यतालाई एक छिनलाई विर्सेर एनआरएनएको जिम्मेवारीमा रहँदा आफ्नो गरेका र त्यस बाहेक पनि विगत र वर्तमानमा अन्य सामाजिक संघ संस्थाा रहेर गरेका कामहरु र ती कामहरुकोे परिणाम, कार्य सम्पादन शैली मूल्याङ्कन, समुदायका लागि दिएका योगदानहरु र उनीहरुमा भएको संभावनाहरुको स्वतन्त्र र वस्तुगत विश्लेषण गरेर उनिहरुलाई अगाडि बढाउने कि पछाडि धकेल्ने निर्णय गर्नु जरुरी छ । जबसम्म हामी “हाम्रो मान्छे हैन राम्रो मान्छे” भन्ने आधारमा नभई “राम्रो मान्छे हैन हाम्रो मान्छे”े भन्ने दिर्घ रोगबाट ग्रसित भई रहन्छौं तबसम्म हामीले एनआरएनए मात्र हैन कि कुनै पनि सामाजिक संस्थाबाट अपेक्षित र सकारात्मक परिणाम आउने कुरा गर्नु कुरामा मात्र सीमित रहनु हो ।
निर्विरोध हुने वातावरण श्रृजना
हुन त निर्वाचन भनेको प्रजातन्त्रिक पद्धतिको सर्वमान्य र अनिवार्य प्रकृया र अभ्यास दुवै हो तर सधैं र सवै परिस्थितीमा यो प्रकृया मात्रै ठीक हुन्छ र यो अवलम्बन गर्नै पर्छ भन्ने अनिवार्यता पनि हुदैन । कसैको हार वा कसैको जित हैन सबैको जित ९ध्ष्ल ध्ष्ल० को स्थिति सृजना गर्न सक्नु एउटा कुशल नेतृत्वको क्षमताको कसी पनि हो । भविष्यमा पदाधिकारीहरु बीच सौहाद्रताको विकास गर्न तथा काम गर्ने सुमधुर वातावरण श्रृजना गर्नको लागि सर्वसम्मती र निर्विरोध निर्वाचन सबैको जित ९ध्ष्ल ध्ष्ल० को स्थिति सृजना गर्ने एउटा महत्वपूर्ण कडी हुन सक्छ ।
हामी बीच हाम्रो घर भित्र विवाद होला, घर झगडा होला, लेनदेन होला तर अहिले हामी प्रवासमा छौं, परदेशमा छौं । अन्तराष्ट्रिय समुदायले देख्दा हामी मात्रै नेपाली हौं र एक नेपालीको सुकर्म वा कुकर्मसँग सिङ्गो नेपाली समुदायलाई जोडेर हेर्छन र चर्चा गर्छन । तसर्थ हामीलाई के बोल्न मन लाग्छ बोल्ने वा के गर्न मन लाग्छ गर्नेभन्दा पनि के बोल्दा वा गर्दा अरु समुदायका मानिसहरुबाट आलोचना खेप्नु पर्दैन के बोल्दा वा गर्दा हामी अरु समुदायका मानिसहरुको नजरमा गिर्दैनौं, के बोल्दा वा गर्दा हामीले उनीहरुसँग हिनताबोध महसुस गर्नु पर्ने स्थिति पैदा हुदैन त्यो काम कुरा गर्नु वा बोल्नु पर्छ भन्ने मलाई लाग्छ । हामी बीच जे जस्ता विवाद तथा मत भिन्नताहरु भएता पनि अरुहरुको नजरमा त्यो देखिनु हुदैन भलै ती विषयहरुलाई आन्तरिक रुपमा स्वस्थ्य वहसको विषय बनाउनु तथा छलफल चलाउनु पर्छ । अरु सामु कस्ता विषयलाई अनि कस्ता व्यवहारहरुलाई कसरी प्रर्दशित गर्ने कस्ता व्यवहारहरु प्रदर्शित नगर्ने सोच्नु र त्यसै अनुसार चल्नु जरुरी छ । यो कुरा सबैभन्दा बढी एनआरएनएको सन्दर्भमा लागू हुन्छ किन कि यसले अन्तराष्ट्रिय समुदाय सामु नेपाली समुदायको मूल संस्थाको रुपमा प्रतिनिधित्व गर्ने गर्दछ । एनआरएनएलाई प्रत्येक नेपालीको मनैबाट स्विकार हुने गरी साझा संस्थाको रुपमा विकास गर्न पनि शुरुवाती अवस्थादेखि अर्थात महाधिवेशनदेखि नै स्वस्थ र सौहाद्रपूर्ण वातावरण निर्माण भयो भने सम्पूर्ण कार्यकाल सोही वातावरणमा बित्ने र संस्था उद्देश्यकेन्द्रित भएर मतैक्यताका साथ काम गर्दा पक्कै परिणाम पनि सार्थक आउँने हुन्छ । यो वातावरण श्रृजना गर्नका लागि परम्परागत तौर तरिका, कार्यशैली र सोचहरुबाट माथि उठेर वर्तमान एनआरएनए कार्य समिति, बौद्धिक वर्ग, समाजसेवी, व्यवसायी र सम्मूर्ण वैचारिक संघ सस्थाहरु तथा नेपाली समुदायका अगुवाहरुले अहं भूमिका खेल्नु पर्ने हुन्छ । यो समय भनेको गैर आवासिय नेपाली संघलाई भावना र व्यवहारमा दुवैमा सवैको साझा बनाउने अवसर र चूनौती बोकेको उपयुक्त समय हो । अब हेर्नु छ कतार स्थित नेपाली समाजका अगुवाहरुले यो चूनौतीलाई कत्तिको सहज ढंगले स्विकार गर्नु हुन्छ र यो स्वर्णिम अवसरको कत्तिको उपयोग गर्नु हुन्छ ।
गोकुल थापा
परिषद सदस्य
गैर आवासिय नेपाली संघ कतार
(११ जुलाई २०१३ को कान्तिपुर प्रवास साप्ताहिक कतारमा प्रकाशित)
http://www.ekantipur.com/qatar/news/news-detail.php?news_id=205488
Subscribe to:
Posts (Atom)

